Rule 15
अग्रिम रूपमा मूल्य निर्धारण गर्ने
(१) ऐनको दफा ३३ को उपदफा (१) बमोजिम कुनै व्यक्तिको आय गणना गर्दा समावेश वा कट्टी गरिने रकम सम्बन्धमा सामान्य बजार मूल्य (आम्र्स लेन्थ) को आधारमा विभागले वितरण, बिनियोजन वा बाडफाड गर्ने
सम्बन्धमा स्पष्ट हुन एक वा एक भन्दा बढी व्यक्तिले लिखित रूपमा अनुरोध गरेमा विभागले देहायबमोजिम लिखित सूचना जारी गर्न सक्नेछः–
(क) लिखित सूचनाको अवधि एक पटकमा पाच आय वर्षभन्दा बढी नहुने गरी,
(ख) खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो लिखित सूचना नवीकरण हुन सक्ने गरी ।
(२) उपनियम (१) बमोजिमको लिखित सूचना विभाग तथा अनुरोध गर्ने पक्षलाई बाध्यात्मक हुनेछ ।
तर सम्बन्धित निवेदकले गरेको अनुरोधमा विभाग सहमत भएमा सो लिखित सूचना निष्कृय हुनेछ ।